वार्षिक ३ प्रतिशत ब्याज तिर्ने गरी ५ वर्षका लागि सीडीसीबाट ऋण लिन लागेको एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले क्यापिटल नेपाललाई बताए । ऋण दिने र लिने सम्बन्धित सम्झौतामा मंगलबार हस्ताक्षर हुँदैछ ।
काठमाडौं । एनएमबी बैंकले बेलायतको सीडीसी इन्भेष्टमेन्ट लन्डनबाट पौने २ अर्ब रुपैयाँ ऋण लिने भएको छ । वार्षिक ३ प्रतिशत ब्याज तिर्ने गरी ५ वर्षका लागि सीडीसीबाट ऋण लिन लागेको एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले क्यापिटल नेपाललाई बताए । ऋण दिने र लिने सम्बन्धित सम्झौतामा मंगलबार हस्ताक्षर हुँदैछ ।
नेपाल राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रामा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाटो खुलाएपछि एनएमबीले सीडीसीबाट परिवत्र्य मुद्रामा ऋण लिन लागेको हो । पछिल्लो ३ वर्षयता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्केपछि केन्द्रीय बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । विदेशबाट परिवत्र्य मुद्रामा लिने ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।