कामना सेवामा पाए बस्नेतले जिम्मेवारी

माघ २९ गतेको सञ्चालक समितिले बस्नेतलाई फागुन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो ।

राष्ट्रियस्तरको कामना सेवा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण बस्नेत नियुक्त भएका छन् ।

पूर्वसीईओ महेशप्रसाद काफ्लेले छाडेपछि बस्नेतले कम्पनीमा कायममुकायम सीईओको जिम्मेवारी सम्हालिरहेका थिए । माघ २९ गतेको सञ्चालक समितिले बस्नेतलाई फागुन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो ।

कामना विकास बैङ्क र सेवा विकास बैङ्क मर्ज भएर कामना सेवा बनेको थियो ।