एनएमबी बैंकले वेलायतको सीडीसीबाट १७० करोड ऋण लिदै, सम्झौतापत्रमा हस्ताक्षर

आन्तरिक स्रोतबाट मात्र पुँजी परिचालन नहुने अवस्था आएपछि विदेशी संस्थाबाट ऋण लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । उनले यो रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने स्पष्टपारे ।

काठमाडौं । एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुपसँग ऋण लिने सम्झौता गरेको छ । बैंकले बुधबार आयोजित एक कार्यक्रममा १ करोड ५० लाख डलर अर्थात १७० करोड रुपैयाँ ऋण ल्याउने सम्झौता गरेको हो ।

सो रकम पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ । बैंकले लगानीयोग्य पुँजी जुटाउन सीसीडी ग्रुपबाट डलरमा ऋण लिएको हो । नेपाल राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि एनएमबीले सम्झौता गरेको हो ।

आन्तरिक स्रोतबाट मात्र पुँजी परिचालन नहुने अवस्था आएपछि विदेशी संस्थाबाट ऋण लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । उनले यो रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने स्पष्टपारे ।

निक्षेपको ब्याजदर बढेपछि यसको असर ऋणमा पनि परेको छ । बैंकहरुले ब्याजदर बढाएर १४ प्रतिशत पुर्याएका छन् । बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात ८० प्रतिशत हारहारीमा भएपछि अधिकाँश बैंक थप ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । पछिल्लो ३ वर्षयता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्केपछि केन्द्रीय बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ ।