प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाज कार्यालयको स्थापना गरिएको हो ।
नेपालमा पहिलो पानी जहाज कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाजका लािग कार्यालय स्थापना गरिएको हो ।
पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अबको केही महिनाभित्रै पानीजहाजको टिकट काट्न पाइने बताएका छन् । यसअघि केही मान्छेले पानीजहाज चलाउने भाषण सुन्दा जिस्काएको भन्दै उनले अब छिट्टै नेपाली ध्वजाबाहक पानी जहाज नारायणी र कोशी नदीमा चल्ने बताए ।
यसअघि २०२७ सालमा पनि कार्यालय उद्घाटन भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसकै आधारमा नेपालमा पानी जहाज सहज रुपमा चलाउन सकिने बताए । रेलभन्दा छिटो पानी जहाज चल्ने ओलीको तर्क छ । उनले भारतले गण्डकसम्म सम्भाव्यता अध्ययन सकिसकेको खबर प्राप्त गरकोले अब छिट्टै समृद्धिको यात्रा सुरु भएको बताए ।
प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालय कसैको जागिर खुवाउने थलो नभएको बताए । ‘पानी जहाज कार्यालय केही मान्छेलाई जागिर खुवाउन खोलेको कार्यालय हैन । केही मान्छेले २/४ महिना जिस्काउछन्’ उनले भने, ‘अबको केही महिना भित्रै आम जनताले पानी जहाजको टिकट काट्न पाउछन् ।’
१६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको पानी जहाज कार्यालय सञ्चालनमा आएपनि भारतको पटनादेखि नेपाली सीमासम्म पानी जहाज सञ्चालनका लागि बाटो खुलेको छ ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहने गरी कार्यालयको प्राविधिक नेतृत्व मन्त्रालयका सहसचिवले गरेका छन्
नेपालले नारायणी र कोशी नदीलाई केन्द्रीत गरेर जलमार्ग सञ्चालन गर्ने योजना बनाइएको छ ।
त्यसका लागि आगामी फागुन तेस्रो साता भारतीय जल प्राधिकरणको टोली पानी जहाजको स्थलगत अवलोकन तथा अध्ययन गर्न आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।