‘अर्को दशकका लागि विवेचना’ सम्मेलन हुने

संस्थाले १० वर्ष पूरा गरेको अवसरमा आगामी आइतबार (१७ फेब्रुअरी २०१९)मा यस्तो सम्मेलन गर्न लागेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपाललगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।

नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले अर्को दशकका लागि विवेचना (डेलिब्रेसन फर द नेक्स्ट डिकेड) नामक एक बृहत् सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले १० वर्ष पूरा गरेको अवसरमा आगामी आइतबार (१७ फेब्रुअरी २०१९)मा यस्तो सम्मेलन गर्न लागेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपाललगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ ।

एनबीआईका अनुसार स्टेट बैङ्क अफ इन्डियाका प्रबन्ध निर्देशक (एमडी) दिनेश खारा, आईडीएफसी बैङकका एमडी एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) भी. वैद्यनाथन, स्टेट बैङ्क अफ इन्डियाका स्वतन्त्र सञ्चालक एवम् बैङ्किङ विज्ञ सञ्जीव मल्होत्रा, एचडीएफसी बैङ्कका ट्रेजरर आशिष पार्थसारथि, फरेन एक्सचेन्ज डिलर्स एसोसिएसन अफ इन्डियाका सीईओ अश्विनि सिन्धवानी तथा भारतका प्रख्यात आर्थिक पत्रकार तमल बन्दोपाध्यायको सहभागिता रहने छ ।

त्यसैगरी नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर गणेशबहादुर थापा, बिजयनाथ भट्टराई तथा दीपेन्द्रबहादुर क्षेत्री पनि समूह छलपफलमा सरिक हुनेछन् । त्यस्तै पूर्वबैङ्कर शशिन जोशी, बैङ्क अफ काठमाण्डूका सीईओ शोभनदेव पन्त, नबिल बैङ्कका सीईओ अनिलकेशरी शाह, एसबीआई बैङ्कका मुख्य महाप्रबन्धक पी.सी. कन्डपाल, इन्डियन इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्सका सीईओ डा. जे.एन. मिश्रा तथा नेतृत्व तालिमका बिज्ञ प्रकाश रोहेरासमेत सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाहरुको संयुक्त लगानीमा खोलिएको एनबीआईलाई सरकार र एसियाली विकास बैङ्कले पनि सहयोग गर्दै आएका छन् । उसले सन् २००९ देखि बैङ्क तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई बैङ्किङसम्बन्धी ज्ञान अभिवृद्धि तथा दक्षता वृद्धि गराउन स्वदेश तथा विदेशमा समेत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आइरहेको छ ।