नेशनल बैकिङ् ईन्ष्टिच्युट (एनबीआई) सम्पत्ति सुद्घिकरण बारे एक दिने सम्मेलनको आयोजना गरेको छ । उक्त सम्मेलनमा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका प्रेसिडेन्ट ज्ञानेन्द्र ढुङं्गानाले भने ‘सम्पत्ति सुद्घिकरण जस्तो विषयमा सबै सजक र सम्वेदनसील भएमा मात्र वित्तीय क्षेत्र र अर्थतन्त्र सबल हुन्छ’ ।
फिन्टलेक्टका प्रबन्धक निर्देशक शिरिष पाठकले सम्पत्ति सुद्घिकरण विश्वकै एउठा गहन विषय भएको र सबै देशका नियामक निकाय हरुले यसलाई गम्भिरताका साथ लिँदै आएको कुरा प्रष्ट्याए ।
नेपाल राष्ट्र बैङ्कका फाइनान्सियल इन्फरर्मेसन युटिनका प्रमुख रामु पौडेलले बैकिङ क्षेत्रका सबैमा यस विषयको ज्ञान हुनु पर्ने र चनाखो भई रहनु पर्ने कुरामा जोड दिए । एनबिआईका सञ्चालक समितिका सदस्य उपेद्र पौडेलले यस किसिमको सम्मेलनले बैंकका कर्मचारीहरुको सम्पत्ति सुद्घिकरण सम्बन्धि ज्ञान र चेतनामा अभिवृधि गने बताए ।