केयर रेटिङले हालैको प्रतिवेदनमा बताएअनुसार ऋण र बचतको वृद्धिमा सुधार आएको छ । यद्यपि बैङ्कको खुद नाफामाथि निरन्तर दबाब कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक डिसेम्बरमा वार्षिक आधारमा हुने मूल्याङ्कनमा २०१७ को तुलनामा २०१८ मा उद्योगका साथै सेवा क्षेत्रमा उपलब्ध गराइने ऋणमा सुधारको सङ्केत पाइएको हो ।
एजेन्सी । भारतका बैङ्कहरुमा सम्पत्तिको गुणस्तरमा निरन्तर आइरहेका सुधारका सङ्केतले सो क्षेत्रमा निष्क्रिय सम्पत्ति (एनपीए) को अवस्थामा स्थिरता आइरहेको केयर रेटिङ लिमिटेडको प्रतिवेदनमा उल्लेख छ । बैङ्कमा सम्पत्तिको गुणस्तरमा वृद्धि भएसँगै आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएमा एक वर्षअघिभन्दा व्यापकरुपले सुस्तता आएको हो ।
केयर रेटिङले हालैको प्रतिवेदनमा बताएअनुसार ऋण र बचतको वृद्धिमा सुधार आएको छ । यद्यपि बैङ्कको खुद नाफामाथि निरन्तर दबाब कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक डिसेम्बरमा वार्षिक आधारमा हुने मूल्याङ्कनमा २०१७ को तुलनामा २०१८ मा उद्योगका साथै सेवा क्षेत्रमा उपलब्ध गराइने ऋणमा सुधारको सङ्केत पाइएको हो ।
प्रतिवेदनका अनुसार गार्हस्थ्य एनपीए आर्थिक वर्ष २०१८ को तेस्रो त्रैमासमा ३०.४ प्रतिशतको वृद्धिबाट घटेर आर्थिक वर्ष २०१९ को तेस्रो त्रैमासमा ८.४ प्रतिशतमा सीमित भएको छ । कम वृद्धि एनपीए उत्पन्न भएका कारण यस्तो हुन सकेको बताइएको छ । यद्यपि सबै बैङ्कहरुले लिगेसी एनपीएलाई मान्यता दिएका छन् वा छैनन भन्ने विषय अझै पनि स्पष्ट नभएको प्रतिवेदनले बताएको छ ।
अघिल्लो महिना वित्तमन्त्री पियुष गोयलले बजेट भाषणमा तीन लाख करोड रुपैयाँ इन्सल्भेन्सी तथा बैङ्क्रप्टी कोड प्रक्रियाबाट असुल गरिएको भनेका थिए । उनले भनेका थिए, ‘इन्टरनेसनल बैङ्क अफ कमर्स आईबीसीले सङ्कल्पमैत्री प्रणाली संस्थागत गरेको छ, जसले एनपीए ऋणको असुलीमा सहयोग गर्दै आश्रित व्यापार र पेसाको संरक्षण गर्दैछ ।’
साथै वित्तमन्त्री गोयलले दुई लाख ६० हजार करोडको पुनःपुँजीकरण र बैङ्क मर्जका कारणले भएको सार्वजनिक क्षेत्रका बैङ्कहरुको वित्तीय अवस्था सुधारतर्फ पनि औंल्याए ।
साथै तीन ओटा पीएसयू बैङ्क बैङ्क अफ बरोडा, बैङ्क अफ महाराष्ट्र र ओरेन्टल बैङ्क अफ कमर्स भर्खरै भारतीय रिजर्भ बैङ्कको प्रोम्ट करेक्टिभ एक्सन सूची पीसीएबाट हटेको छ ।
ऋण लगानीमा उल्लेखनीय रुपमा वृद्धि भएको छ । तर, यस दौरान कृषि तथा सम्बन्धित क्षेत्रमा यसको अवस्था सीमान्त भन्दा तल छ । साथै व्यक्तिगत ऋणले ठूलो वृद्धि दर्ता गराएको छ, जसले देशमा उपभोगमा सुधार भएको सङ्केत दिएको छ ।