बैंक आक्रमक हुँदा ३ वर्षमा गरे १३७८ अर्ब लगानी, कर्जाको ब्याजदर  घटेर औसत १२.३ प्रतिशत

कर्जाको माग बढेपछि बैंकहरु आक्रमक रुपमा लगानी गर्दा बढेको हो । बैंकिङ प्रणालीमा अझै ५०० अर्ब रुपैयाँ कर्जाको माग रहेको बैंकरहरुले बताएका छन् । ३ वर्षमा कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था आएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

काठमाडौं । पछिल्लो ३ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्था आक्रम हुँदा ठुलो रकम कर्जा प्रंवाह हुन पुगेको हो । २०७२ साल असारसम्म बैंकको कर्जा विस्तार १३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो ।

कर्जाको माग बढेपछि बैंकहरु आक्रमक रुपमा लगानी गर्दा बढेको हो । बैंकिङ प्रणालीमा अझै ५०० अर्ब रुपैयाँ कर्जाको माग रहेको बैंकरहरुले बताएका छन् । ३ वर्षमा कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था आएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

२०७२ सालसम्मको कर्जा विस्तार ३ वर्षमा दोब्बर भएको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा निक्षेप परिचालन २०.२ प्रतिशत बढ्दा कर्जा विस्तार २३.३ प्रतिशत रहेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार ३ प्रतिशत बढी रहेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ ।

गत पुससम्म २७ खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै ३० खर्ब ६६ अर्ब ५३ करोड रुपैयाँ निक्षेप परिचालन भएको छ । बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७७ प्रतिशतमा पुगेको उनले सुनाए । अधिकाँश बैंक तथा वित्तीय संस्था कर्जा लगानी गर्न नसक्ने अवस्थामा रहेको भट्टको भनाई छ ।

केन्द्रीय बैंकले ०.७५ प्रतिशत सम्पत्तिम हुने प्रतिफल हटाएपछि अहिले आधारदर औसत ९.८ प्रतिशत पुगेको छ । प्रिमियमबाट राम्रो प्रतिफल प्राप्त हुने भएकाले यो प्रतिफल आधार दरमा जोडन नपाइने व्यवस्था गरिएको उनको भनाई छ । कर्जाको ब्याजदर औसत १२.३ प्रतिशत छ ।
२०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १५.५, ओभरड्राफ्ट कर्जा १०.१, ट्रष्ट रिसिट १३.१, डिमान्ड तथा चालु पूँजी कर्जा १८.७, रियल स्टेट कर्जा, ६.२, मार्जिन प्रकृति कर्जा २.१ र हायर पर्चेज कर्जा ६.८ प्रतिशतले बढेको छ ।