ब्याजदरबारे पुनर्विचार नगरिए बैङ्कहरुमा नकारात्मक प्रभाव पर्ने बैंकर्सको निष्कर्ष

बुधबार बसेको बैंकर्सको बैठकले नेपाल राष्ट्र बैङ्क ब्याजदरबारे समयमै पुनर्विचार गर्न समेत आग्रह गरिएको हो

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरबारे पुनर्विचार नगरिए बैङ्कहरुमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको बैंकर्सको बैठकले नेपाल राष्ट्र बैङ्क ब्याजदरबारे समयमै पुनर्विचार गर्न समेत आग्रह गरिएको हो

‘आर्थिक बर्ष २०७५÷०७६ को मौद्रिक नीतिमा केही बुँदाहरुले समग्र बैंकिङ क्षेत्रमा नकारात्मक पर्ने देखिएकाले यस्मा हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा स्टेकहोल्डरसँग छलफल गरी पुनर्विचार गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय भयो’ बैंकर्सको बैठकको निर्णयमा भनिएको छ ।

बैंकर्सले विभिन्न ६ ओटा बुँदामा राष्ट्र बैङ्कलाई ध्यानाकर्षण गराएको छ ।