एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सहकार्य सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन्।

सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेको एनसीसी बैंकले जनाएको छ।