उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ ।

ठिनी । सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महिनादेखि यातायात सेवा प्रभावित बनेको छ ।

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको सक्रियतामा सडक खुलाउन सुरु गरिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टका अनुसार घन, गल, गैती, बेल्चालगायतका सहायताले हिउँ पन्छाएर सडक खुलाउन थालिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका एक महिनादेखि सडक यातायातबाट विच्छेद छ । चिसो बढेपछि गत कात्तिकमा बेँसी झरेका उपल्लो मुस्ताङवासी केही दिनयता बढेको गर्मीसँगै घर फर्कन थालेका छन् । रासस