बैंकिङ्ग प्रणालीमा २२५ करोड रुपैयाँ आउदै, निक्षेप राख्न बैंक खोज्दै नागरिक लगानी कोष

काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) अभाव भइरहेका बेला बजार २ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी रकम आउने भएको छ । नागरिक लगानी कोषले आफुसंग भएको २ अर्ब २५ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकमा मुद्धति निक्षेपका रुपमा राख्ने भएको छ ।
कोषले पैसा राख्न वाणिज्य बैंक खोजेको छ । उसले आगामी फागुन १६ गतेसम्म लिन चाहेको रकम र ब्याजदर खुलाई शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ । एक वर्षका लागि मुद्धति निक्षेपमा राख्न लागेको हो ।

वाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७७ प्रतिशत हारहारीमा पुगेपछि केही बैंकले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकबीच संस्थागत निक्षेपको ब्याजदर ८.६ प्रतिशत भन्दा बढी नदिने भद्र सहमति भएको छ ।