बैङ्कले आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । न्यूनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो ।
काठमाडौं । एनआईसी एसिया बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिबेञ्चर) आज सोमबारसम्म मात्र खुला हुने भएको छ । बैङ्कले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र बिक्री नभएपछि म्याद थप गरिएको थियो ।
बैङ्कले आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । न्यूनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो । यसअघि गत भदौमा पनि बैङ्कले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । सो ऋणपत्र पूरै बिक्री भएको थियो ।
कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्ने बैङ्कले जनाएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ ।
ऋणपत्रबाट सङ्कलन हुने रकमको ८० प्रतिशत अर्थात ३ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी, १० प्रतिशत अर्थात ३० करोड विभिन्न क्षेत्रमा लगानी र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ शाखा विस्तार र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ विविध क्षेत्रमा लगानी गर्ने बैङ्कले जनाएको छ ।