बोनस सेयर दिएपछि नविल बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको साधारण सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ७०८ र संस्थापक सेयर ६७० रुपैयाँमा समायोजन गरेको हो ।

काठमाडौं । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएपछि नविल बैंकको साधारण र संस्थापक सेयरको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको साधारण सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ७०८ र संस्थापक सेयर ६७० रुपैयाँमा समायोजन गरेको हो । औसत आधार मूल्य १ हजार १२१ का आधारमा समायोजन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मूल्य समायोजनपछि नविलको सेयर प्रतिकित्ता ६८९ रुपैयाँमा कारोबार भएको छ ।