बैंकको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
काठमाडौं । एनआईसी एसिया बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । बैंकको ८० लाख ३१ हजार ११७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । बैंकको गत पुस ४ मा बसेको २१ औं साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेपछि नेप्सेमा सुचिकृत भएको हो ।
बोनस सेयर सुचिकृतपछि चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुगेको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत
सन्तोष कुमार राठीेले जानकारी दिए । उनले बैंकको वासलातको आकार २ खर्ब १५ अर्ब रुपैयाँ भन्दा बढि पुगेको जानकारी दिए ।
हालसम्म बैंकले १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी निजी क्षेत्रबाट स्थापित मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यस्तै १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको उनले बताए । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।