कामना सेवा बैङ्ककोे ६८ औं शाखा जनकपुरमा

बैङ्कले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते ६८ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको जनाएको छ ।

काठमाडौं । कामना सेवा बैङ्कको ६८ औं शाखा धनुषाको जनकपुरमा खुलेको छ । बैङ्कले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते ६८ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको जनाएको छ ।

बैङ्कका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलेसंयुक्त रुपमा उक्त शाखाको शुभारम्भ गरेका थिए । योसँगै प्रदेश २ मा ४ ओटा शाखा पुगिसकेको जनाइएको छ ।

काठमाडौं –३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैङ्कले देशका विभिन्न भागमा ६८ ओटा शाखा तथा २० ओटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै बैङ्कले एबीबीएस, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, सीआस्बालगायतका माध्यमबाट सम्पूर्ण बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।