सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । प्रभु बैंकले नेपाली सेनाका जेहन्दार सन्ततिलाई शैक्षिक कर्जा प्रदान गर्ने भएको छ । शैक्षिक कर्जा दिने विषयमा सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँ सम्मको हुने छ ।
सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।