फण्डले मुस्ताङको लोमाथाङमा १५० मेगावाट तथा २० मेगावाटको स्टोरेज ब्याट्री, र रसुवाको चिलिमेमा १५० मेगावाट बिजुली सौर्य प्रविधिबाट उत्पादन गर्ने भएको हो ।
काठमाडौं । मौरिससमा रहेको डोल्मा फण्ड म्यानेजमेन्टले सौर्य प्रविधिबाट २७५ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । फण्डले मुस्ताङको लोमाथाङमा १५० मेगावाट तथा २० मेगावाटको स्टोरेज ब्याट्री, र रसुवाको चिलिमेमा १५० मेगावाट बिजुली सौर्य प्रविधिबाट उत्पादन गर्ने भएको हो ।
सौर्य ऊर्जा उत्पादनका लागि फण्डले २० अर्ब रुपैयाँ अर्थात २० करोड अमेरिकी डलर वैदेशिक लगानी ल्याउने भएको छ । लगानी बोर्डले उसलाई सौर्य ऊर्जा उत्पादन गर्नका लागि सर्वेक्षण अनुमति (लाइसेन्स) दिने तयारी थालेको छ । एक महिनाभित्र उसले लाइसेन्स पाउने छ । डोल्मालाई सौर्य ऊर्जा उत्पादनको सर्वेक्षण गर्न अनुमति दिन लागेको बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले बताए ।
लगानी बोर्डको गत साउन १५ गते बसेको ३१ औं बैठकले फण्डलाई लगानी गर्न अनुमति दिएको थियो । बोर्डको गत मंसिर ९ गते बसेको बैठकले सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रारुपमा आयोजनाको काम अघिद्ध बढाउन अनुमति दिएपपछि बोर्डले उसलाइ सर्वेक्षण अनुमति दिन लागेको हो ।