१२ करोड रुपयाँको बैंक फ्रडबाट पिल्सिएपछि पनि बिस्तारै बैंकको अवस्था सुधार हुँदै आएको छ । उसले इज रिफर्म सूचांकमा सयमा ७८.४ स्कोर गरेको बिसिजि आइबिए रिपोर्टले बताएको छ ।
एजेन्सी । देशकै ठूलो बैंक फ्रड निरभ मोदी ऋण मूद्दाबाट पिल्सिएको नौ महिनामा नै भारतको दोस्रो ठूलो राज्य सञ्चालित बैंक पन्जाब नेश्नल बैंकले उत्कृष्ट प्रदर्शन गरेको छ । राज्य सञ्चालित उद्योग पिएसयुको सुधार मूल्यांकन सूचांकमा पिएनबी बैंकले उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ ।
भारतका पिएसयु बैंकहरुले इज रिफर्म सूचांकका छ क्षेत्र सहित धेरै क्षेत्रहरुमा महत्वपूर्ण सुधार र प्रगती हासिल गरेको देखिएको छ । पिएसयु बैंकहरुको यो सफलतापछि वित्तियमन्त्री अर्जुन जेट्लीले भने,‘बैंकिङ प्रणालीको खराब अब हामीले पछाडी छोडिसकेका छौं ।’
दिल्लीमा इज रिफर्म सूचांकको पहिलो प्रतिवेदन सार्वजनिक कार्यक्रममा वित्तियमन्त्री अरुण जेट्लीले सरकारको चारवटा आरको सिदान्त रिकग्नीशन अर्थात् , रिक्यापिटलाइजेशन अर्थात् पुनरपूँजीकरण, रेज्यूलेशन अर्थात् प्रतिबद्धता र रिफर्म अर्थात् सुधारको प्रभावकारिताको तारिफ गरेका छन् । इन्सल्भेन्सी एण्ड बैंकरुप्टी कोड आइबिसीले बैंकिङ क्षेत्रमा तीन लाख करोडको बन्द फिर्ता लिएका छन् र खराब सम्पत्ति नन प्रोफिट एसेट पनि गिरेको छ ।
१२ करोड रुपयाँको बैंक फ्रडबाट पिल्सिएपछि पनि बिस्तारै बैंकको अवस्था सुधार हुँदै आएको छ । उसले इज रिफर्म सूचांकमा सयमा ७८.४ स्कोर गरेको बिसिजि आइबिए रिपोर्टले बताएको छ । पिएनबीपछि सो सूचीमा दोस्रो नम्बरमा बैंक अफ बरोडा आएको छ भने स्टेट बैंक अफ इन्डिया तेस्रोमा आएको छ ।
पिएनबी बैंको सफलतालाई महसुस गर्दै अरुण जेट्लीले उत्कृष्ट प्रदर्शक बैंक भनि पिएनबीको तारिफ गरेका छन् ।
पिएनबीले केही मापदण्डहरुमा निकै राम्रो प्रदर्शन गरेको छ । सेवाग्राही प्रतिक्रिया, उत्तरदायी बैंकिङ, क्रेडिट टेक अफ र वित्तिय समावेशितामा उसले राम्रो प्रदर्शन गरेको प्रतिवेदनमा उल्लेख छ ।