हालसम्म क्यापिटल मर्चेन्टमा ठगी गरी ४० करोड ६६ लाख रुपैयाँबराबरको जरिवाना तोकिएका ६ जना पक्राउ परेका छन् ।
क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ ठगी गरी फरार बिमल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पाटन अदालतले २०७१ वैशाख २९ मा दोषी ठहर गरेका खड्का त्यसैबेला देखि फरार थिए ।
अदालतले फैसलामा खड्काले वित्तीय संस्थाको रकम अपचलन गरेको भन्दै ५ करोड ७५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद फैसला गरेको थियो । त्यसअघि क्यापिटल मर्चेन्टमा अर्बभन्दा बढीको ठगी भएपछि नेपाल नेपाल राष्ट्र बैङ्कको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरी अदालतमा मुद्दा हालेको थियो । काठमान्डौं गागलफेदीका खड्कालाई सीआईबीको टोलीले २०७४ माघ १३ गते चितवनबाट पक्राउ गरेको हो ।
उनले २०६५ पुस ३ गते आपूm सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको काठमान्डौं साङ्ला गाविस ९ को जग्गा धितो राखी ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी आफैले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्टका निपेक्षकर्ता र लगानीकर्तालाई नोक्सानी पु¥याएको अदालतले ठहर गरेको थियो । त्यसअघि सीआईबीले क्यापिटल मर्चेन्टमा ठगी गर्ने अरुणकुमार मराठा (६ वर्ष कैद र १३ करोड ३० लाख जरीवाना)लाई २०७२ जेठ १४ गते, नवराज खत्री (३ वर्ष कैद र ६ करोड ५० लाख जरीवाना)लाई २०७२ जेठ १९ गते, तुलसाकुमारी धमला (३ वर्ष कैद र २ करोड २० लाख जरीवाना)लाई २०७२ साउन १७ गते, भाइकृष्ण खड्का (३ वर्ष कैद र ३ करोड ५० लाख जरीवाना)लाई २०७२ भदौ २ गते र किरणकेशर नेपाल (३ वर्ष कैद र ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ रुपैयाँ जरीवाना)लाई २०७३ माघ २४ गते अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिसकेको छ ।
क्यापिटल मर्चेन्टमा तत्कालीन प्रबन्ध सञ्चालक पवन कार्कीको नेतृत्वमा करिब ३ अर्ब रुपैयाँबराबरको ठगी भएको थियो ।