नेपालका लागि जापानी राजदूतावासले जापान एसियन एसोसिएसन एन्ड एसियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) सँग सो सम्झौता गरेको हो ।
काठमाडौं । कृषिक्षेत्रमार्फत सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको जीवनस्तर सुधार्न जापानले चार करोड ९० लाख रुपयाँको एउटा बृहत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालका लागि जापानी राजदूतावासले जापान एसियन एसोसिएसन एन्ड एसियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) सँग सो सम्झौता गरेको हो ।
आर्थिक वर्ष २०१८ का लागि जापानी गैरसरकारी संस्थाको बृहत् परियोजनाअन्तर्गत यो सहयोग भएको हो । यस परियोजनामा ओसाका जापानस्थित अन्तर्राष्ट्रिय एनजीओ जेएएफएसले स्थानीय साझेदार एएफएस नेपालसँग काम गर्नेछ ।
यस परियोजनाअन्तर्गत सिँचाइ प्रणाली निर्माण र त्यसको प्रयोग गर्न स्थानीय कृषकहरुलाई तालिम दिइनुका साथै विभिन्न फलफूल तथा तरकारी उत्पादनविधिबारे ज्ञान दिइनेछ ।
यो परियोजनाको कार्यान्वयनबाट संस्थाले हजार घरधुरीलाई दैनिक प्रयोग तथा कृषिजन्य उपयोगका लागि पानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।
जापानी राजदूतावासले यो परियोजनाले जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध बढाउने अपेक्षा लिएको छ ।