५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गरे। उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता ११५ र चैत्र मसान्तसम्म प्रति कित्ता १५० का दरले सेयर लगानीको आह्वान गरेको छ ।
सुर्खेत । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको २ मेगावाटको अपरपराजुली खोलाबाट आउदो बैशाखदेखि बिजुली उत्पादन हुने भएको छ ।
५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गरे। उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता ११५ र चैत्र मसान्तसम्म प्रति कित्ता १५० का दरले सेयर लगानीको आह्वान गरेको छ ।
आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको ७० प्रतिशत र सेयर सदस्यकोे ३० प्रतिशतगरी ५५ करोड रुपैयाँको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताए।
आयोजनाबाट वार्षिक आम्दानी ६ करोड ६१ लाख ४५ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । विद्युत् प्राधिकरणसँग सुक्खा मौसममा प्रति युनिट रु ८.८० र वर्षातको समयमा रु ४.८० का दरले खरीद बिक्रीको सम्झौता गरेको उक्त कम्पनीले विद्युत् उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ । रासस