निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । वार्षिक १० प्रतिशत ब्याज निश्चित भएको ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ऋणपत्र आगामी आर्थिक ०८५ मा परिपक्व हुने छ ।
काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंकले ऋणपक्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले फागुन ३० गते ऋणपत्र निष्कासन गर्ने भएको छ ।
निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । वार्षिक १० प्रतिशत ब्याज निश्चित भएको ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ऋणपत्र आगामी आर्थिक ०८५ मा परिपक्व हुने छ । न्युनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जानकारी दिएको छ । कुल निष्कासनको ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिएको छ ।
पुँजीकोष बढाउन निष्कासन गर्न लागेको ऋणपत्रको उपयोग कर्जा लगानीमा २२ करोड, विपन्न कर्जा लगानीमा २० करोड, तरलता व्यवस्थापनमा ४० करोड र सरकारी ऋणपत्रमा लगानी ३० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । लगानीका लागि स्रोत जुटाउन एनएमबीले २ अर्ब रुपैयाँ विदेशबाट ऋण लिएको छ ।
यस्तै वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी ग्लोबल आईएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । हालसम्म एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ऋणपत्र निष्कासन गरिसकेका छन् ।