गत पुस २६ गते उत्प्रेषण र माघ ८ गते जेलबाट रिहा हुन वन्दीप्रत्यक्षकरणको रिट दायर गरेका थिए । उनले उच्च अदालत पाटनको आदेशको विरुद्धमा ज्ञवालीले वन्दीप्रत्यक्षीकरणसहित सर्वोच्चमा ५ वटा रिट दायर गरेका छन । सोही रिटको मंगलबार सुनुवाइ सुरु भएको हो
काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवालीले दायर गरेको रिटको मंगलबार सर्वोच्च अदालतमा सुुनुवाइ भइरहेको छ । न्यायधीशद्धय ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ ।
उच्च अदालत पाटनले ०७३ असोजको पहिलो साता बैंकिङ कसुरको अभियोगमा कमल र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई दोषी ठहर गर्दै ३ वर्ष जेल सजायका साथै १२ करोड ५० लाख रुपैयाँ विगो जरिवाना तोकेको थियो ।
अदालतको आदेशपछि फरार रहेका ज्ञवालीलाई गत असोजको तेस्रो साता पक्राउ गरेर जेल पठाएको थियो । गत पुस २६ गते उत्प्रेषण र माघ ८ गते जेलबाट रिहा हुन वन्दीप्रत्यक्षकरणको रिट दायर गरेका थिए । उनले उच्च अदालत पाटनको आदेशको विरुद्धमा ज्ञवालीले वन्दीप्रत्यक्षीकरणसहित सर्वोच्चमा ५ वटा रिट दायर गरेका छन । सोही रिटको मंगलबार सुनुवाइ सुरु भएको हो ।
जम्को प्रकाशन प्रालिका नाममा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक हालको जनता बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो । उनी प्रवन्ध सञ्चालक भएको किष्ट बैंकलाई गाभेर प्रभु बैंक भइसकेको छ ।
उच्च अदालतका तत्कालिन न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३÷३ वर्ष जेल सजाय र ६ करोड २५ लाख र ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको हो ।
कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो । उनीहरुले अहिले जेल सजाय भोगिरहेका छन् ।
६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । प्रभु बैंकले भने ०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ र ब्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ ।