फ्रान्सको ओवर्थर कम्पनीले पायो नोट छाप्ने जिम्मा पायो

केन्द्रीय बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नोट छाप्नका लागि जिम्मा दिन लागेको हो । आवर्थरले ४७ लाख ७२ हजार ५०० युरोमा नोट छाप्ने राष्ट्र बैंक मुद्रा व्यवस्था विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ । केन्द्रीय बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नोट छाप्नका लागि जिम्मा दिन लागेको हो ।

आवर्थरले ४७ लाख ७२ हजार ५०० युरोमा नोट छाप्ने राष्ट्र बैंक मुद्रा व्यवस्था विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । सबैभन्दा कम दर प्रस्ताव गरेकाले ओवथरलाई नोट छाप्ने जिम्मा दिएको उनले बताए । केन्द्रीय बैंकले आवर्थरसंग छपाइको सम्झौता गरेको छ ।  केन्द्रीय बैंकले साढे ११ अर्ब ५० करोड रुपैयाँ बराबरको ५० रुपैयाँ दरको नोट छाप्ने छ ।