चालु आर्थिक वर्षका लागि १९ गौरवका आयोजनामा सरकारले ८८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २२ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ । गत पुससम्म १९ गौरवका आयोजनाको प्रगति २४.९ प्रतिशत मात्र देखिएको छ ।
चालु आर्थिक वर्षका लागि १९ गौरवका आयोजनामा सरकारले ८८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २२ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षामा अधिकाँश आयोजनाको प्रगति न्युन देखाएको छ । सबैभन्दा बढी प्रगति गर्नेमा पुष्पलाल राजमार्ग र कम पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको छ ।
यस्तै भेरीबबई डाइभर्सन, लुम्बिनी विकास कोष, गल्छी हुदै रसुवागढीसम्म पुग्ने सडक, कर्णाली, कालिगण्डकी र कोसी उत्तरदक्षिण करिडोर, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी र दक्षिण एसियाली पर्यटन पुर्वाधार विकास, लुम्बिनी विकास कोष, सिक्टा सिंचाइ आयोजनाको प्रगति राम्रो रहेको अर्थसचिव राजन खनालले बताए ।
पोखरा क्षेत्रिय विमानस्थलका अतिरित्त, बुढीगण्डकी जलविद्युत आयोजना, बबई सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, मेलम्ची खानेपानी, राष्ट्रपति तराइमधेश संरक्षण, काठमाडौं तराइमधेश फास्टट्रयाक, रेल, मेट्रो र मनोरेल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल। निजगढको काम सुस्त रहेको छ ।