एनआईसी एसिया क्यापिटलको व्यवस्थापन सेवामा ५० प्रतिशत छुट

एनआईसी एसिया क्यापिटलले दोस्रो वार्षिकोत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्नो सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको हो ।

काठमाडौं । एनआईसी एसिया क्यापिटलको व्यवस्थापन सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

एनआईसी एसिया क्यापिटलले दोस्रो वार्षिकोत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्नो सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको हो । यस्तै डीम्याट खातामा फागुन २२ देखि चैत्र ६ गतेसम्मका लागि पूर्ण निशुल्क गरिएको छ । यस्तै फागुन २२ देखि चैत्र २२ गतेसम्म लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्तालाई पुँजी बजारमा सबल तथा सुसूचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।

डीम्याट खातासँगै एनआईसी एसिया क्यापिटलले पुँजी बजारमा लगानीकर्तामाझ लोकप्रिय बन्दै लगानी व्यवस्थापन, निष्कासन तथा बिक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।