नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको औपचारिक कारोबार सुरु

बैङ्कमा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको समेत सेयर रहने छ । यस्तै बेङ्कमा तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । बैङ्ककमा नेपालका व्यावसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप तथा आईएमईलगायत अन्य समूह आबद्ध छन् ।

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको कारोबार आजबाट सुरु भएको छ । बैङ्किङ कारोबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शुभारम्भ गरेका हुन् ।

बैङ्कको २० अर्ब रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याइएको छ । संस्थापकमध्ये सरकारको १० प्रतिशत हिस्सा छ । सो रकम केन्द्रीय बैङ्कले तोकिएका वाणिज्य बैङ्कमा राखिएको छ ।

बैङ्कमा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको समेत सेयर रहने छ । यस्तै बेङ्कमा तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । बैङ्ककमा नेपालका व्यावसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप तथा आईएमईलगायत अन्य समूह आबद्ध छन् ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी सोे बैङ्कले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, डिभेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने लगायतका काम गर्ने जनाइएको छ । बैङ्कको प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली छन् ।

लामो समयदेखि पूर्वाधार विकास बैङ्ककोे आवश्यकतामाथि चर्चा भए पनि आउन सकेको थिएन । यसले खासगरी पूर्वाधार क्षेत्रमा लगानी गर्ने र अन्य वित्तीय संस्थासँग सहकार्य गरेर समेत ती क्षेत्रमा लगानी गर्न पाउने छ ।

सो असरमा अर्थमन्त्री खतिवडाले इन्फ्रास्ट्रक्चर बैङ्क २८ वाणिज्य बैंकको भन्दा पृथक भएकाले दीर्धकालिन लगानी आवश्यक पर्ने पर्यटन, जलविद्युत, औद्योगिक प्रष्ठिानलगायतका परियोजनामा बैंकको भुमिका ठुलो हुने बताए । ठुला पुर्वाधारमा कर्जा लगानीको नेतृत्व इन्फ्रास्ट्रक्चरले गर्नुपर्ने अर्थमन्त्रीको भनाई छ । उनले अल्कालिन कर्जामा नजान बैंकलाई सुझाए ।

१० वर्षमा बैंकको कोष चुत्तापुँजी बाहेक ६ गुणा बढेर ७ खर्ब रुपैयाँ पुगेको अर्थमन्त्रीले जानकारी दिए । बैंकहरुको जगेडा कोष र प्रोभिजन समेत जोड्दा यो रकम पुगेको हो । सरकारको पनि बैंक भएकाले अन्तर्राष्ट्रिय पुँजी परिचालनमा सहयोग गर्ने अर्थमन्त्रीले प्रतिवद्धता जनाए । ऋणपत्र, भेञ्चर क्यापिटललगायत विभिन्न वित्तीय औजारको प्रयोग गरेर बैंकले लगानी जुटाउन सक्ने छ ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले धेरै लामो प्रयासपछि बैंकको स्थापना भएको बताए । ठुला परियोजनामा स्रोत जुटाउने काम बैंकको भएको बताए । उनले पारदर्शी ढंगले केन्द्रीय बैंकले दिएको निर्देशन पालना गरेर व्यवसाय अघि बढाउन गभर्नर नेपालको सुझाव थियो ।

बैंकका अध्यक्ष अनुज अग्रवालले सरकारले सन् २०२२ विकाशिल र २०३० मा मध्यम आय भएको मुलुक बनाउन पुर्वाधारले सहयोग गर्ने बताए ।