सुमितकुमार केडिया सिद्धार्थ इन्स्योरेन्सका सञ्चालक

सुमितकुमार केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त भएका छन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

काठमाडौं । केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुमितकुमार केडिया सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त भएका छन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

फागुन २१ गते बसेको कम्पनीको १४३ औँ सञ्चालक समितिको बैठकले केडियालाई सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।