आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा दीपक शर्मा

शर्मा यसअघि कम्पनीको सञ्चालक समितिमा रही काम गरिसकेका छन् ।

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी एक्रश मनी ट्रान्सफर लिमिटेडका तर्फबाट दीपक शर्मा पोख्रेल नियुक्त भएका छन् ।

यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । शर्मा यसअघि कम्पनीको सञ्चालक समितिमा रही काम गरिसकेका छन् ।