८ अर्ब पुँजी भएको वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुत्तापुँजी न्युनतम ८ अर्ब रुपैयाँ तोकेको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बाहेक सबै बैंकको पुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी छ । धेरै पुँजी भएका वाणिज्य बैंकको सेयर मूल्य घटेर १५० रुपैयाँ नजिक आइपुगेको छ ।

काठमाडौं । अधिकाँश वाणिज्य बैंकको सेयर मूल्य ५०० रुपैयाँ भन्दा कम रहेको छ । अझ आधा दर्जन वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । सेयर बजार घट्दै गएपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुत्तापुँजी न्युनतम ८ अर्ब रुपैयाँ तोकेको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बाहेक सबै बैंकको पुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी छ । धेरै पुँजी भएका वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक आइपुगेको छ ।

सबै भन्दा कम सेयर मूल्य सिभिल बैंकको छ । सिभिलको बिहीबार प्रतिकित्ता १५२ रुपैयाँमा कारोबार भएको थियो । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा महंगो सेयर नविलको छ । नविलको सेयर मूल्य प्रतिकित्ता ६८८ रुपैयाँ छ । नविलपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ५३३, नेपाल इन्भेष्टमेन्ट बैंकको ५१७ र एभरेष्ट बैंकको ५१८ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

२०० भन्दा कम सेयर मूल्य भएका ६ वाणिज्य बैंक छन् । सिभिलका अतिरित्त मेगा बैंकको १६१, सेञ्चुरी कर्मर्शियल बैंकको १६३, जनता बैंकको १७०, नेपाल बंगलादेश बैंकको १८७ र लक्ष्मी बैंकको १९० रुपैयाँ छ ।

५०० भन्दा कम सेयर मूल्य भएका बैंकमा हिमालय बैकको ४३३, नेपाल बैंक २८८, एनसीसी बैंकको २१०, एनएमबी बैंकको ३१५, प्रभु बैंकको २२४, प्राइम कमर्शियल बैंकको ३१२, सानिमा बैंकको ३००, सिद्धार्थ बैंकको २८१, सनराइज बैंकको २१४ रुपैयाँ छ ।

यस्तै कृषि विकास बैंकको २९४, बैंक अफ काठमाण्डुको २४६, सिटिजन्स बैंकको २०८, ग्लोबल आईएमई बैंकको २४६, कुमारी बैंकको २३५, माछापुच्छे बैंकको २१२, नेपाल एसबीआई बैंकको ३८२ र एनआईसी एसिया बैंकको ३९१ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

बजारमा सेयर आपूर्ति बढेको, नयाँ खरिदकर्ताको प्रवेश नभएको र बैंकको ब्याजदर बढेपछि यसको असर सेयर बजारमा परेको नेसनल मर्चेन्ट बैंकका प्रवन्ध निर्देशक नविन बाँस्कोटा बताउँछन् ।

ब्याजदर कम नभए र ठुला लगानीकर्ताको प्रवेश नहुँदासम्म बजारमा सुधार नआउने उनको भनाई छ । बजार तल्लो तहसम्म पुगेकाले दीर्धकालका लागि खुदसम्पत्ति राम्रो, धेरै नाफा गर्ने र संस्थागत सुशासन भएको कम्पनीको सेयर खरिद गर्न उनको सुझाव छ ।