आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले मुख्य संरचना बाँध, सुरुङ्ग र विद्युतगृहको उत्पादन परीक्षण आउँदो शुक्रबारदेखि थाल्ने भएको छ । परीक्षणको काम आउँदो वैशाख १५सम्म सम्पन हुने आयोजना प्रमुख फणीन्द्र जोशीले बताए ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने भएको छ ।
आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले मुख्य संरचना बाँध, सुरुङ्ग र विद्युतगृहको उत्पादन परीक्षण आउँदो शुक्रबारदेखि थाल्ने भएको छ । परीक्षणको काम आउँदो वैशाख १५सम्म सम्पन हुने आयोजना प्रमुख फणीन्द्र जोशीले बताए ।
परीक्षणको काम सक्न ३ महिनाभन्दा बढी समय लाग्ने भएकाले ढिलोमा आउँदो असारसम्म बिजुली उत्पादन थाल्ने तयारी भएको उनले जानकारी दिए । असारभित्र बिजुली उत्पादन थाल्नका लागि युद्धस्तरमा काम भइरहेको उनले सुनाए ।
सिभिल संरचनाको काम ९८ प्रतिशत सकिएको छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको जोशीले जानकारी गराए ।
०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको निर्माण सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन । १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत थप नहुने जोशीले स्पष्ट पारे ।
सन २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवा ग्रुप लिमिटेडसँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको परामर्शदाता नर्थवेस्ट कन्सल्ट र प्रसारणलाइन चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनले गरिरहेको छ ।