हाल एनआईसी एसिया बैङ्कले मुलुकभर २७७ शाखा, २८९ एटीएम, ३८ ओटा एक्सटेन्सन काउन्टर एवम् २३ ओटा शाखारहित बैङ्किङ एकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं । एनआईसी एशिया बैङ्कले आफ्नो शाखा राजविराजमा खोलेको छ । राजविराज नगरपालिका वडा नं ८ मा खोलिएको सो शाखाको उद्घाटन नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादले गरे ।
शाखा उद्घाटन समारोहमा नगरप्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमासमेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैङ्कको प्रशंसा गरे ।
हाल एनआईसी एसिया बैङ्कले मुलुकभर २७७ शाखा, २८९ एटीएम, ३८ ओटा एक्सटेन्सन काउन्टर एवम् २३ ओटा शाखारहित बैङ्किङ एकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।
हाल बैङ्कको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैङ्कका ग्राहक करिब १४ लाख ५० हजार छन् ।