नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने, सेयर कारोबार रोक्का

समझदारी भएपछि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेपाल इन्भेष्टमेन्टको चुत्तापुँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ छ । यस्तै जेविल्सको पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । दुई संस्थाबीच प्राप्ति गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी भएपछि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेपाल इन्भेष्टमेन्टको चुत्तापुँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ छ । यस्तै जेविल्सको पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंङ्क र पूर्णिमा विकास बैंङ्कबीचको मर्जरमा जानका लागि सहमति भएपछि नेप्सेले सोमबार नै काराबोर रोक्का गरेको छ ।