बैङ्कले ८७ लाख ४९ हजार युरो पनि आज मङ्गलबार भुक्तानी गर्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी)ले राखेको जमानतबापतको रकम इन्भेष्टमेन्ट बैङ्कले भुक्तानी गरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले तनहुँ हाइड्रोपावर लिमिटेडलाई जमानत बापतको ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बैङ्कले ८७ लाख ४९ हजार युरो पनि आज मङ्गलबार भुक्तानी गर्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी)ले राखेको जमानतबापतको रकम इन्भेष्टमेन्ट बैङ्कले भुक्तानी गरेको हो । तनहुँले सीएमसीको जमानत जफत गरिएको पत्र पठाएपछि बैङ्कले एक साताभित्र रकम भुक्तानी गर्ने जानकारी गराएको थियो ।
नेपाली रकम आएको र युरोको भुक्तानी हुन बाँकी रहेको तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । युरोको भुक्तानी पनि मङ्गलबार नै गर्ने जानकारी बैङ्कले गराएको उनले बताए ।
नेपाल इन्भेष्टमेन्टले सीएमसीको नेपाली र युरो गरी १ अर्ब ९७ करोड रुपैयाँ जमानत ग्यारेन्टी दिएको थियो । तनहुँले ठेक्का रद्द भएको सूचना जारी गरी ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफतका लागि दाबी गरेको हो । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।