मङ्गलबार ४९ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ४० करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । मङ्गलबार नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
काठमाडौं । ब्याजदर घटाउन उद्योगी र बैङ्करबीच सहमति भएपछि सेयर बजार उकालो लागेको छ । मङ्गलबार सेयर बजार २० अङ्कले बढेर नेप्से परिसूचक १ हजार १६३ अङ्कमा पुगेको छ ।
ब्याजदर घटाउने विषयमा सोमबार बैङ्कर र व्यवसायीबीच छलफल भएको थियो । सोमबार बजार १४ अङ्कले बढेको थियो । दुई दिनमा सेयर बजार ३४ अङ्कले वृद्धि भएको छ ।
मङ्गलबार ४९ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ४० करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । मङ्गलबार नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
एनसीसीको प्रतिकित्ता २१७ रुपैयाँमा ३ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनसीसीको सेयर सस्तो हुनुका साथै लाभांश घोषणा गर्ने बेला भएकाले लगानीकर्ता झुम्मिएका हुन् ।
यस्तै माछापुच्छ्रे बैङ्कको प्रतिकित्ता २२० रुपैयाँमा २ करोड ८६ लाख ४१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मङ्गलबार बैङ्क तथा वित्तीय संस्था, बिमा, जलविद्युत्, उत्पादनमूलक होटललगायत सबैको सेयर मूल्य उकालो लागेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । बजारमा विस्तारै लगानीकर्ताको विश्वास बढ्दै गएको एक ब्रोकरले बताए । सेयर बजारमा लगानीकर्ताको आशा पलाउँदै गएको उनको तर्क छ ।