पुनर्निर्माण परियोजनामा भएको सम्झौता पश्चात दुवै पक्षको संयुक्त प्रयासद्वारा आवास क्षेत्रमा एथेष्ट प्रगति भएको कुरामा दुवै पक्षले स्वीकार गरे ।
काठमाडाैं । भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको बैठकले आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका भूकम्प पश्चातको पुनर्निर्माणमा भारतीय २५० मिलियन डलर अनुदानमा विभिन्न परियोजनाहरुको पुननिर्माण भइरहेको जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले उक्त बैठकको अध्यक्षता गरेका थिए । भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका उत्तर डेस्क सह–सचिव सुधाकर दलेलाले गरेका थिए ।
गोर्खा तथा नुवाकोट जिल्लाका सामाजिक प्राविधिक सहजीकरण परामर्शदाता युएनडीपी तथा युएनओपीएसले पुनर्निर्माणमा भएको प्रगतिका साथै दुई जिल्लाका लाभग्राहीहरुलाई प्रदान गरिदै आएको सहजीकरण बारे प्रतिवेदन प्रस्तुत गरेको थिए । पुनर्निर्माण परियोजनामा भएको सम्झौता पश्चात दुवै पक्षको संयुक्त प्रयासद्वारा आवास क्षेत्रमा एथेष्ट प्रगति भएको कुरामा दुवै पक्षले स्वीकार गरे ।
शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका विषयमा पनि छलफल गरिएको थियो । दुवै पक्ष बीच सबै क्षेत्रका प्रगतिलाई द्रुत गतिमा अघि बढाउने सहमति भयो ।
नेपाली पक्षले भारत सरकारद्वारा नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण परियोजनामा गरेको सहयोग सराहनी भएको बताइएको छ ।