सीएमसीले आयोजनाको काम सुरु नगरेपछि उसले नेपाल इन्भेष्टमेन्ट बैंकमा जमानत वापतको १ अर्ब ९७ करोड रुपैयाँ जफत गरेको हो । तनहुँले ठेक्का रद्ध भएको सुचना जारी गरी ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको हो ।
काठमाडौं । जलविद्युत आयोजना निर्माण सुरु नहुँदै तनहुँ हाइड्रोपावर लिमिटेडले २ अर्ब रुपैयाँ कमाएको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमएसी) ले राखेको जमानत जफत गरेपछि तनहुँले सो रकम आम्दानी गरेको हो ।
सीएमसीले आयोजनाको काम सुरु नगरेपछि उसले नेपाल इन्भेष्टमेन्ट बैंकमा जमानत वापतको १ अर्ब ९७ करोड रुपैयाँ जफत गरेको हो । तनहुँले ठेक्का रद्ध भएको सुचना जारी गरी ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको हो । इन्भेष्टमेन्ट बैंकले सो रकम तनहुँलाई भुत्तानी गरिसकेको छ ।
सीएमसीले आयोजना पहिलो लटको काम सुरु नगरेपछि प्रवद्र्धक तनहुँले उसंगको ठेक्का तोडेर जमानत जफतका लागि पत्राचार गरेपछि बैंकले सो रकम भुत्तानी गरेको हो ।
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । यसअघि तनहुँ हाइड्रोपावरले माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो ।
फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएकामा सीएमसीबाट आधिकारिक जवाफ नआएपछि तनहँु हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ ।
सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सीएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत छन् ।
तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको थियो । सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको छ ।
अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ता भित्र नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ ।