कालोपत्रेका लागि अध्ययन

गण्डकी प्रदेश सरकारको सिफारिमा सङ्घीय सरकारले ग्रामीण सडक कालेपत्रे गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन, आर्थिक र सामाजिक अध्ययनका लागि चार वटा सडक छनोट गरिएकोे छ । 

गलकोट । बागलुङका चार ग्रामीण सडक कालोपत्रे गर्न छनोट भएका छन् । जिल्लाका चार सडकका झन्डै १०० किलोमिटर सडक कालोपत्रेका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले छनोट गरेर काम अगाडि बढाएको हो ।

गण्डकी प्रदेश सरकारको सिफारिमा सङ्घीय सरकारले ग्रामीण सडक कालेपत्रे गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन, आर्थिक र सामाजिक अध्ययनका लागि चार वटा सडक छनोट गरिएकोे छ ।

अध्ययनका लागि छनोट भएका सडकमा जिल्ला सदरमुकामस्थित अदालत चौतारी–तित्याङ–रायडाँडा हुँदै बरेङ जाने सडक, जिल्लाको दक्षिण भेग जैमिनी नगरको कुश्मिसेरा–सर्कुवा–बिनमारे अर्जेवा हुँदै पूर्तिघाट जोड्ने सडक, जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङ अधिकारीचौरदेखि ढोरपाटन उपत्यका जोड्ने सडक र अमरभूमि अर्गल सामुवोट तारा हुँदै रुमा फेदी जोड्ने सडक छन् ।

आयोजनाले चार सडकलाई दुई वर्षमा अध्ययन प्रतिवेदन तयार पार्ने र एसियाली विकास बैङ्कसँग साझेदारी गरेर कालोपत्रे गरिने आयोजना प्रमुख महेश अर्यालले बताए । चार वटै सडकमध्ये करिब २५/२५ किलोमिटर वरपरको कालोपत्रेका लागि अध्ययन गरिने आयोजनाले जनाएको छ ।

सबै अध्ययन प्रतिवेदन आइसकेपछि कालोपत्रे गर्ने सडकको एसियाली बैङ्कसँग सम्झौता गरी कार्यान्वयनका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक योजना मन्त्रालयमा पठाउने छ । आयोजनाका अनुसार गण्डकी प्रदेशमा ५९५ किलोमिटर सडकको अध्ययन गरिने र अध्ययनपश्चात् प्राप्त प्रतिवेदनका आधारमा ४२५ किलोमिटर सडक कालोपत्रे गरिने लक्ष्य छ । रासस