दुई वर्षमा उत्पादन जडित क्षमता २ हजार ५०० मेगावाट पुग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनासमेत गरी ३९ आयोजनाबाट १ हजार २३ मेगावाट बिजुली थप हुने देखिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । उनले यो वर्ष सम्पन्न नभएकाले आयोजनाहरु आगामी वर्ष पूरा हुने जानकारी दिए ।
काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/०७७ सम्ममा सार्वजनिक र निजी साझेदारीमा गरी विभिन्न ५७ आयोजना सम्पन्न भई प्रणालीमा १ हजार ३८० मेगावाट बिजुली थप हुने भएको छ । आर्थिक वर्ष २०७५/७६ मा माथिल्लपो त्रिशूली ३ ‘ए’ र कुलेखानी तेस्रोसहित १८ ओटा आयोजनाहरु निर्माण सम्पन्न भई र आर्थिक वर्ष २०७६/०७७ मा ३९ ओटा आयोजना सम्पन्न भएसँगै १ हजार ३८० मेगावट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थप हुने छ ।
आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने आयोजनाहरुमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनासमेत गरी १ हजार २३ मेगावाट बिजुली थप हुने देखिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष मात्रै सार्वजनिक र निजी क्षेत्रबाट गरी १ हजार ३८० मेगावाट बिजुली थप हुने प्रक्षेपण गरेको थियो ।
प्रक्षेपणअनुसारको लक्ष्य पूरा गर्नका लागि आयोजना ५७ ओटा आयोजना आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्नु पर्ने हुन्छ । दुई वर्षमा उत्पादन जडित क्षमता २ हजार ५०० मेगावाट पुग्ने अनुमान गरिएको छ । हाल १ हजार १०० मेगावाट बिजुली उत्पादन भइरहेको छ । उनले यो वर्ष सम्पन्न नभएकाले आयोजनाहरु आगामी वर्ष पूरा हुने जानकारी दिए । यो वर्ष लक्ष्यमा राखिएका आयोजनाहरु पनि सम्पन्न हुने प्रवर्धकहरुले आफूहरुलाई जानकारी गराइरहेको उनले बताए ।
हालसम्म ७.८ मेगावाटको सुपरमाई र साना २ गरी प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । अझै ४ महिना समय बाँकी रहेकाले धेरै आयोजना आउने उनले बताए । असारसम्म १०० मेगावाट बिजुली थप हुने उनको अनुमान छ । यो वर्ष प्राधिकरण आफैंले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’का अतिरिक्त निजी लगानीबाट ४० मेगावाटको खानीखोला, २२ मेगावाटको वागमति, २३.५ मेगावाटको माथिल्लो सोलु २७ मेगावाटको दोर्दीखोलगायतका आयोजना छन् । त्रिशूली ३ ‘ए’ आयोजनाले आजदेखि परीक्षण उत्पादन सुरु गरेको छ ।
आगामी वर्ष माथिल्लो तमाकोसीका अतिरिक्त १११ मेगावाटको रसुवाढी, ४२ मेगावाटको तल्लो सान्जेन, ३० मेगावाटको खानीखोला, ८२ मेगावाटको तल्लो सोलु, ४२ मेगावाटको मिस्त्रीखोला, ३६ मेगावाटको अपर बलेफी ‘ए’, २५ मेगावाटको दरवाङ म्याग्दी र २५ मेगावाटको सिंगटीखोला छन् । माथिल्लो तामाकोसीबाट आउँदो कात्तिकसम्म बिजुली उत्पादन हुने अनुमान गरिएको छ । हालसम्म निजी क्षेत्रबाट ५२१ मेगावाट बिजुली उत्पादन भएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष विद्युत् प्राधिकरणको ३० मेगावाटको चमेलिया र निजी क्षेत्रको ७० गरी १०० मेगावाट बिजुली उत्पादन भएको थियो । अघिल्लो वर्ष पनि प्रणालीमा १२४ मेगावाट बिजुली थप भएको थियो ।
सरकारले १९७ आयोजनाबाट ७ हजार ५०६ मेगावाट बिजुली उत्पादन गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । २ हजार ५१४ मेगावाटका विभिन्न आयोजना निर्माणधिन अवस्थामा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । हाल विद्युतको अधिक माग १ हजार १४५ मेगावाट छ । विद्युत् प्राधिकरणका आयोजनाबाट ४८७, निजी ऊर्जा उत्पादकबाट १५१ र भारतबाट ६०७ मेगावाट बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ ।