बैंङ्क र फाइनान्सबीच बिहीबार प्राप्तिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंङ्कले हाथवे फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंङ्क र फाइनान्सबीच बिहीबार प्राप्तिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
हाथवे फाइनान्स सुनसरीको धरानमा रहेको छ । प्राप्तिमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हाथवे फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले जेविल्स फाइनान्सलाई पनि प्राप्ति गर्ने एमओयू भएको छ ।