जग्गाको कित्ताकाटका सम्बन्धमा मन्त्रालय स्पष्ट नदेखिएकाले सम्बन्धित मन्त्रीसँगै छलफल गर्ने निर्णय गरेको छ ।
काठमाडौं । राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले जग्गा कित्ताकाटका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने भएको छ ।
समितिको शुक्रबार बसेको बैठकले जग्गाको कित्ताकाटका सम्बन्धमा मन्त्रालय स्पष्ट नदेखिएकाले सम्बन्धित मन्त्रीसँगै छलफल गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।