माथिल्लो त्रिशूली ३ए आयोजना बनाउने योजना नेपाल विद्युत् प्राधिकरणले बुनेको हो । आयोजनामा चीनको इम्पोर्ट एक्सपोर्ट (एक्जिम) बैङ्कको साढे १२ अर्ब रुपैयाँ लगानी हुने छ । वाङ भन्छन्, ‘चीनद्वारा प्रस्तावित बेल्ड एन्ड रोड (बीआरआई) अन्तर्गत हामीले नेपालको आर्थिक विकासलाई गति दिन हाम्रो प्रविधि, संसाधन र प्रयासलाई नेपालमा ल्याएका छौं ।’
एजेन्सी । ४० वर्षीय वाङ जियाङले २० वर्षभन्दा धेरै समय जलविद्युत क्षेत्रमा काम गर्दै आधा जीवन नेपालमा बिताइसकेका छन् । रातभरको छिटफुट वर्षापछि शनिबारको सफा बिहान वाङ सामान्य दिनझैं काममा आउँछन् । उनी चीनको गेजुवा ग्रुप लिमिटेडको नेपाल शाखाका लागि व्यवस्थापक हुन् । यो ग्रुपले अहिले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि आयोजनाको परीक्षण सुरु भएको छ ।
काठमाडौंभन्दा ९५ किलोमिटर उत्तर रहेको यो बाँध आयोजना वाङको शिविरभन्दा ७ किलोमिटर पर छ । वाङले भने, ‘हामीले यो आयोजना २०११ बाट सुरु गरे पनि विभिन्न प्राकृतिक प्रकोपका कारणले यसको गति कछुवाको जस्तै बनेको छ ।’ सन् २०१३ र २०१४ को बीचमा बाढिका कारणले यो निर्माण कार्य ६ महिनाका लागि बन्द भयो र फेरि २०१५ अप्रिलको भूकम्पका कारण त्यो अढाई वर्षका लागि स्थागित भएको उनले बताए ।
उनले भने, ‘चीनमा यस्तो आयोजना निर्माण गर्न मात्र ३ वर्ष लाग्छ । तर यही कामका लागि यहाँ करिब १० वर्ष लाग्छ । तर अब अधिकांश काम सकिने चरणमा छन् । ऊर्जा उत्पादनको प्राप्त समयसीमा यही वर्षको अप्रिल महिनाभित्र यो पूरा हुनेछ ।’
६० मेगावटको यो परियोजना सञ्चालनमा आएपछि यसले राजधानी काठमाडौंमा विगतका वर्षहरुमा देखापरेको लोडसेडिङको समस्या समाधान गर्नेछ । वाङले गर्वपूर्ण मुस्कानसहित भने, ‘सबै कडा मिहिनेतले फल ल्याउनेछ, सूर्य सधैं ठूलो तुफानपछि नै उदाउँछ ।’
माथिल्लो त्रिशूली ३ए आयोजना बनाउने योजना नेपाल विद्युत् प्राधिकरणले बुनेको हो । आयोजनामा चीनको इम्पोर्ट एक्सपोर्ट (एक्जिम) बैङ्कको साढे १२ अर्ब रुपैयाँ लगानी हुने छ । वाङ भन्छन्, ‘चीनद्वारा प्रस्तावित बेल्ड एन्ड रोड (बीआरआई) अन्तर्गत हामीले नेपालको आर्थिक विकासलाई गति दिन हाम्रो प्रविधि, संसाधन र प्रयासलाई नेपालमा ल्याएका छौं ।’
चीनबाट आउने अधिकांश गह्र्रौं उपकरण नेपाल र तिब्बत सीमाबीचको बन्दरगाह गिरोङबाट आउने गर्छ । बीआरआईले चिनियाँ उद्योगीलाई उपकरण निर्यात गराउन उत्साहित गर्दै विदेशी बजारसँग पनि समन्वय बढाउने प्रयास गरिरहेको छ । ‘नेपालमा दक्ष कामदारको अभाव भएको कारणले हामीले नेपालमा धेरै कामदार र प्राविधिक नेपालमा भित्र्याएका छौं । यो गरिरहँदा हामीले नेपालका पनि धेरै स्थानीय गाउँका कामदारहरुलाई लिएका छौं र उनीहरुलाई पेशागत प्रशिक्षण दिइरहेका छौं ।’
यो आयोजनामा अहिले १६७ चिनियाँ र ४८६ नेपाली कर्मचारीहरु संलग्न छन् । र यसले हालसम्म स्थानीय मानिसहरुका लागि १६०० रोजगारी सृजना गरेको छ ।
स्थानीयका लागि परिवर्तन
माथिल्लो त्रिशूली ३ ए भन्दा करिब १८० किलोमिटर उत्तरपश्चिम क्षेत्रमा अर्को जलविद्युत् आयोजना छ, जसलाई पावर चाइना रिसोर्सेजले लगानी गरेको हो । त्यसले २०१७ को जनवरीबाट विद्युत उत्पादन थालेको हो ।
५० मेगावाटको उत्पादन क्षमता रहेको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाले जनावरी २०१३ मा निर्माण सुरु गरेको हो । यो नै चिनियाँ लगानी निर्माण भएको पहिलो जलविद्युत् आयोजना हो । पावर चाइना रिर्सोसेजको सहायक रहेको सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको कमर्सियल सम्पर्क विभागको सहव्यवस्थापक हुन्, शिशुपाल क्षेत्री । उनी उक्त परियोजनामा २०१३ मा आएका हुन् । बहुभाषाको ज्ञान भएका क्षेत्रीको प्रमुख भूमिका भनेको स्थानीय सरकारी विभागसँग सान्दर्भिक भाषामा सम्पर्कसञ्चार स्थापित गर्नु हो ।
ग्लोबल टाइम्ससँग बोल्दै क्षेत्रीले भने, ‘हालैका यी चार वर्षहरुमा यो आयोजनाले चीनको गतिलाई राम्ररी देखाएको छ । यो चिनियाँ कम्पनीले उसको अत्याधुनिक प्रविधि, अनुभव र व्यवस्थापनलाई यहाँ ल्याएको छ ।’ शिशुपाल क्षेत्रीको चीनसँग सम्बन्धको इतिहास हेर्ने हो भने यो सम्बन्ध सन् १९९१ देखिको हो जब चीनले उनलाई अर्किटेक्चर विषय अध्ययन गर्न टोङजी विश्वविद्यालय साङ्घाईमा छात्रावृत्ति प्रदान गरेको थियो ।
क्षेत्रीले भने, ‘नेपालीले चिनियाँ कति मिहिनेती र इमानदार छन् भन्ने कुरा देखें । चीनको विकासले स्थानीय मानिसमा केही उज्यालो ल्याएको छ । र हामीमाझ परिवर्तन पनि ल्याएको छ । अधिक विद्युत् प्रदान गरेर हाम्रो जीवनस्तर वृद्धि गराएको र विशेषगरी हाम्रा लागि रोजगार सिर्जना गरेकोमा चिनियाँ कम्पनीप्रति हामी स्थानीय धन्य छौं ।’
जब यो परियोजना निर्माणाधीन थियो, तब चिनियाँ कम्पनीले ८०० स्थानीय कर्मचारीलाई रोजगारी दिएको थियो । उनीहरुको ज्याला पनि अन्य स्थानीय कम्पनीले दिँदै आएको भन्दा २० प्रतिशत धेरै थियो । शिशुपाल क्षेत्रीले आगामी दिनमा बीआरआईअन्तर्गत अन्य धेरै चिनियाँ उद्योगलाई नेपालमा स्वागत गर्ने बताए ।
ठूलो अवसर
नेपाल र चीनले बीआरआईमाथि २०१७ मे महिनामा एमओयूमा हस्ताक्षर गरेको हो । दुई देशले विभिन्न क्षेत्रमा सहकार्यको प्रयास गरिरहेका छन् । जस्तै बन्दरगाह, राजमार्ग, जलविद्युत् परियोजना आदि । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका महाप्रवन्धक रहेका यान होङवीले ग्लोबल टाइम्ससँग नेपाली कम्पनी बीआरआईप्रति निकै सहयोगी रहेको र उनीहरुले यसलाई आफ्नो पनि विकासको अवसरका रुपमा लिएको बताएका छन् ।
तुलनात्मक रुपमा नेपालको पूर्वाधार अझै कमजोर रहेको र बीआरआइले नेपालको दीर्घकालीन आर्थिक विकासलाई सम्वद्र्धन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने डिङ बिनले बताए । डिङ बिन चाइना रेलवे १४औं ब्युरो ग्रुप कम्पनी सीआरसीसी १४ को दक्षिण एसियाली प्रतिनिधि कार्यालयका महानिर्देशक हुन् ।
सीआरसीसी १४ ले २०१४ नोभेम्बरमा पहिलो पटक नेपालको पानी परीक्षण गरेको थियो, जब उसले राष्ट्रिय सशस्त्र प्रहरी बल एकाडेमीको एड परियोजना निर्माण गरेको थियो । यो कम्पनीले नेपालको तातोपानी सुक्खा बन्दरगाह निर्माण गर्न सहयोग पुर्याउनुका साथै अरनिको राजमार्गको सुधारमा पनि सहयोग गरेको थियो, जसले काठमाडौं र नेपाल चीन सीमालाई जोड्ने काम गर्छ ।
डिङले ग्लोबल टाइम्ससँग भने, ‘हामी चिनियाँहरु यदि देश धनी बनाउनु छ भने पहिले सडक बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौं । नेपालमा राजमार्गको मात्र कमी छैन । तर यहाँका व्यस्त सडक पनि एकदमै भीड हुन्छन् । यहाँ पर्याप्त रेलमार्ग र उच्च क्षमताका विमानस्थल छैनन् । त्रिभुवन विमानस्थलको अहिलेको क्षमता गम्भीर रुपमा अपर्याप्त रहेको छ । विमानस्थलमा उत्रन लागेका विमान अक्सर आकाशमा होल्ड गराइन्छ ।’
‘बीआरआईअन्तर्गत हामी नेपाल सरकारसँग प्रयोगात्मक सहकार्य थप बलियो बनाउनेछौं । र सुरुङ, पुल, हाउजिङ र सडक पूर्वाधारको निर्माणबाट नेपालको राष्ट्रिय विकास योजनामा थप सक्रियाताका साथ लागि नेपालको आर्थिक र सामाजिक विकासमा थप योगदान पुर्याउनेछौं,’ डिङले भने ।
सहकार्यको क्रममा चिनियाँ कम्पनीहरुबाट अत्याधुनिक प्रविधि र व्यवस्थापन अनुभव सिकेर साना उद्योगहरुले आफ्नै क्षमतामा अभिवृद्धि गराइरहेको डिङले बताए । ठूला कम्पनीले पनि बलियो साझेदार प्राप्त गर्न, आफ्नो प्रतिस्पर्धी क्षमता थप बढाउन र चिनियाँ बजारमा प्रवेश गर्न चीनका ठूलो उद्योगहरुसँग सहकार्य गर्न सक्नेछ ।
चुनौती अझै
स्थानीय जनताहरुको जीविकामा सुधार ल्याएर र पूर्वाधारहरुमा विकास गराई बीआरआइले नेपालको विकासमा थप फाइदा ल्याएको छ । तर चीनले स्थानीय बजारहरुमा आफ्नो वृद्धिका लागि प्रयास गरिरहँदा चिनियाँ कम्पनीले केही चुनौतीको पनि सामना गरिरहेको झाङ फानले बताए । उनी नेपालस्थित चिनियाँ दूतावासमा कमर्सियल परामर्शदाता हुन् ।
नेपालको अस्थिर राजनीतिक अवस्था, सुस्त प्रक्रिया, विदेशी विनिमयमाथि कडा नियन्त्रण र स्थानीय मुद्राको अवमूल्यन जस्ता प्रमुख समस्या विदेशी लगानीकर्ताका लागि प्रमुख समस्या रहेको ग्यु जिङले बताए । उनी चाइना अन्तर्राष्ट्रिय जल तथा विद्युतीय प्राधिकरणको नेपालस्थित शाखा जनरल म्यानेजर हुन् । नेपालले विदेशी लगानीलाई प्रेरित गर्ने नियम र नियमावली निकाले पनि त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको ग्युले बताए । यसको पछाडि सुस्त अनुमोदन प्रक्रिया र अस्थिर मूल्य, कुनै पनि कारणमुखी, वैधानिक तथा सामान्य अनुमोदन प्रक्रिया जसले परियोजनालाई अनुमोदन हुन मात्र १८ महिनासम्म समय लगाउन सक्छ, यिनै कुराहरु रहेको ग्युको भनाइ छ ।
यान भन्छन्, ‘हामी नेपाली बजारमा पहिलोपटक प्रवेश गर्दा श्रमिक समस्या अर्को टाउको दुखाइको विषय थियो । यसकारण हामीले समन्वय समिति गठन गर्यौं, जहाँ स्थानीय गाउँहरुका ५० भन्दा धेरै प्रतिनिधि थिए, उनीहरुको विषयलाई सम्बोधन गर्न ।’सो समितिले राम्ररी काम गरेको र उक्त विषय सुल्झाउन सहयोग गरेको पनि यानले बताए ।
चिनियाँ कम्पनीसँग सम्बन्ध बलियो बनाउन स्थानीयहरुको विश्वास बढाउने आशामा आफूहरुले पारस्परिक सहकार्यमा रोल मोडलको भूमिका खेल्ने प्रयास गरेको उनको भनाइ छ । ‘करिब २० वर्षको गतिरोधपछि नेपालको राजनीतिक अवस्था विस्तारै स्थिर बन्ने तरखरमा छ र अहिले सरकारसँग आर्थिक विकासमा केन्द्रित रहने अवसर छ र सरकारको पूर्वाधार निर्माणको ठूलो मागले धेरै चिनियाँ उद्योगीहरुलाई आकर्षित गरेको छ,’ झाङले भने, ‘चिनियाँ कम्पनीहरु नेपाली बजारमा सम्भावित जोखिमबारे सचेत छन् र यी जोखिमलाई कसरी व्यवस्थापन गर्नेबारे सिकेका छन् ।’
भविष्यमा थप दीर्घकालीन एवम् उच्च स्तरका विकासको खोजी गर्दै नेपाली बजारको सिद्धान्तलाई अनुपालन गर्दे थप चिनियाँ उद्योग नेपालमा बीआरआईअन्तर्गत आउनेछन् ।