कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल बैंकले संकलन गर्ने

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखासँगको सहकार्यमा सुरुवातदेखि नै ग्लोबल आईएमई बैंकले भाषा परीक्षा शुल्क संकलन गर्दै आइरहेको छ ।

काठमाडौं । ग्लोबल आईएमई बैंकले यो वर्ष पनि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको शुल्क संकलन गर्ने भएको छ । कोरियन भाषा परीक्षा बापतको शुल्क संकलन गर्ने विषयमा नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपीएस शाखा र ग्लोबल आइएमई बैंकबीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकले, आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको शुल्क यही चैत आठदेखि १७ गतेसम्म संकलन गर्ने छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंक लि.कोतर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपीएस शाखाकोतर्फबाट निर्देशक कृष्णप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार देशैभर रहेका ग्लोबल आईएमई बैंक लि.का १३३ शाखा कार्यालयहरुमा छुट्टै काउण्टरको व्यवस्था गरी परीक्षा शुल्क संकलन गर्नेछ । साथै, ग्लोबल आईएमई बैंक लि.को मोबाईल बैंकिङ्ग एप ‘ग्लोबल स्माट’ तथा अनलाईन बैंकिङ्ग ‘ग्लोबल अनलाईन’मार्फत पनि सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखासँगको सहकार्यमा सुरुवातदेखि नै ग्लोबल आईएमई बैंकले भाषा परीक्षा शुल्क संकलन गर्दै आइरहेको छ । ग्लोबल आईएमई बैंक कोरियन भाषा परीक्षाको शुल्क संकलन गर्ने एक मात्र बैंक भएको छ ।

दक्षिण कोरिया जानका लागि यो वर्ष ईपीएस अन्तर्गत आगामी जेठमा परीक्षा सञ्चालन हुँदै छ ।