७११ स्थानीय तहमा बैंङ्किङ पंहुच

नेपाल राष्ट्र बैंङ्कबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ माघ मसान्तमा १५७ पुगेको छ ।

काठमाडौं । हालसम्म ७११ स्थानीय तहमा बैंङ्कको पंहुच पुगेको छ । देशभर ७५३ स्थानीय तहमा बैंङ्किङ पंहुच पुर्याउने लक्ष्य सरकारको छ । नेपाल राष्ट्र बैंङ्कबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ माघ मसान्तमा १५७ पुगेको छ ।

गत माघ मसान्तमा २८ वाणिज्य बैंङ्क, ३३ विकास बैंङ्क, २४ वित्त कम्पनी र ७२ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंङ्क तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६ हजार ६५१ रहेकोमा २०७५ माघ मसान्तमा ७ हजार ७३१ पुगेको राष्ट्र बैंङ्कले जानकारी दिएको छ ।