हाल साँझ (पिकआवर) मा बिजुलीको माग अधिकतम १ हजार १४५ मेगावाट रहेको छ । यति बेला भारतबाट ६०७ मेगावाटसम्म आयात हुने गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउ छन् । विद्युत प्राधिकरण र निजी उत्पादनकको गरी ५३८ मेगावाट मात्र आपूर्ति भइरहेको छ । यसमध्ये विद्युत प्राधिकरणका आयोजनाबाट ४८७ र निजी उत्पादकबाट १५१ मेगावाट आपूर्ति भइरहेको छ ।
काठमाडौं । नेपालको कुल विद्युत आपूर्तिमा भारतीय बिजुलीको हिस्सा बढेर ५३ प्रतिशत पुगेको छ । नेपालको आन्तरिक उत्पादनको योगदान ४७ प्रतिशत मात्र रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हाल साँझ (पिकआवर) मा बिजुलीको माग अधिकतम १ हजार १४५ मेगावाट रहेको छ । यति बेला भारतबाट ६०७ मेगावाटसम्म आयात हुने गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउ छन् । विद्युत प्राधिकरण र निजी उत्पादनकको गरी ५३८ मेगावाट मात्र आपूर्ति भइरहेको छ । यसमध्ये विद्युत प्राधिकरणका आयोजनाबाट ४८७ र निजी उत्पादकबाट १५१ मेगावाट आपूर्ति भइरहेको छ ।
सार्वजनिक र निजी क्षेत्रबाट गरी १ हजार १०० मेगावाट बिजुली उत्पादन भइरहेको छ । भारतबाट आयात गरिएको बिजुलीबाट मुलुक लोडसेडिङ्ग मुत्त भएको छ । बिजुलीको नियमित आपूर्तिले गर्दा बिजुलीको माग पनि घटेर १ हजार १५५ को हारहारीमा आएको छ । ढल्केबर मुज्जफपुर, कटैया कुशाहलगायत एक दर्जन सीमा नाकाबाट बिजुली आयात भइरहेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुलीको आयात घट्ने देखिएको छ । सुख्खायाममा बिजुली कम भएर आयात गर्नुपर्ने अवस्था देखिए पनि वर्षादको बिजुली भारतमा निकासी गर्नका लागि ऊर्जा बैंङ्किङमा सम्झौता भएकाले वर्षादमा बढी भएको बिजुली भारतमा पठाउने र हिउँदमा ल्याइने भएको छ ।
आगामी आर्थिक वर्ष ०७६/०७७ सम्ममा सार्वजनिक र निजी साझेदारीमा गरी विभिन्न ५७ आयोजना सम्पन्न भई प्रणालीमा १ हजार ३८० मेगावाट बिजुली थप हुने भएको छ । आर्थिक वर्ष २०७५/७६ मा माथिल्लो त्रिशूली ३ ‘ए’ र कुलेखानी तेस्रोसहित १८ ओटा आयोजनाहरु निर्माण सम्पन्न भई र आर्थिक वर्ष २०७६/०७७ मा ३९ ओटा आयोजना सम्पन्न भएसँगै १ हजार ३८० मेगावट विद्युत केन्द्रीय प्रसारण लाइनमा थप हुने छ ।