मेघा बैंकको दोस्रो कार्यकाल सकेर सेन्चुरी बैंक जाने बेला नविल बैंकको गोल्डेन अफरले सेन्चुरी बैंक प्रवेश नगरेका अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नविल जान रोक लागेपछि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा नविल बैंक प्रवेश गरेका छन् ।
विहीबार बैंकको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओमा स्थायी दरबन्दीको सेवा र सुविधासहित नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्र बैंकले जारी गरेको कुलिङ पिरियडसम्बन्धी नियमका कारण शाह सिइओको रुपमा नबिल जाने बाटो बन्द भएको थियो ।
बैंकले गत पुस १३ गते शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । राष्ट्र बैंकले सोही दिन एक बैंक छोडेर अर्काे बैंकमा जाने समय कम्तीमा ६ महिना हुनुपर्ने नियम बनाएपछि माघ १५ गते बैंकले शाहलाई सिइओ बनाउने निर्णय रद्द गरेको थियो ।
म नविल बैंक जाने निश्चित हो, शाहले क्यापिटल नेपाललाई बताए । ‘विगतमा नविलमा मेरो अनुभव राम्रो छ, लिडिङ बैंक हो, अझ राम्रो हुन्छ,’ उनले भने ।
डेपुटीमा छिरेका शाह ६ महिनापछि बैंकको सिइओ हुने पक्का छ ।