चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैङ्कको इक्विटीमा प्रतिफल (आरओई) घटेको छ । बैङ्कहरुले पुँजी वृद्धि गरेकोअनुसार लगानी गर्न नसक्दा आरओई घटेको हो ।
बैङ्कहरुले पुँजी बढाएको अनुपातमा लगानी गर्न नसकेका आरओईमा आएको गिरावटले स्पष्ट हुन्छ । चालू आर्थिक वर्षको ६ महिनामा बैङ्कहरुले करिब ९ प्रतिशतले पुँजी बढाएका छन । बैङ्कहरुले गत आवको पुस मसान्तसम्मको तुलनामा नाफा १० प्रतिशतले मात्र बढाएको सानिमा बैङ्कका प्रमूख कार्यकारी अधिकृत भुव कुमार दाहालले बताए । ‘बैङ्कले पुँजी बढाएअनुसार लगानी गर्न नसक्दा रिटर्न अन इक्विटी घटेको हो,’ उनले भने, ‘यो क्रम अझै केही वर्ष रहने देखिन्छ ।’
वित्तीय क्षेत्रमा देखिएको कर्जा लगानीयोग्य पुँजी अभावका कारण बैङ्कहरुले दोस्रो त्रैमासमा लगानी बढाउन नसकेका हुन् । बैङ्कहरुले पुँजी वृद्धिको अनुपातमा लगानी गर्नका लागि निक्षेप बढाउनुपर्ने अवस्था भएको लगानी गर्न नसकेका हुन् । बैङ्कहरुले निक्षेपका लागि वढाएको ब्याजदर आजसम्म पनि घट्न सकेको छैन ।
सञ्चालनमा रहेका २८ वाणिज्य बैङ्कले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा बैङ्कहरुको यो आवको दोस्रो त्रैमासमा आरओई घटेको हो । आरओइलाई वार्षिक रुपमा गणना गरिने हुँदा पुस मसान्तसम्मको तथ्यांकलाई वार्षिकीकरण गरी निकालिएको तथ्याङ्कअनुसार धेरै बैङ्कको इक्विटीमा प्रतिफल घटेको छ ।
बैङ्कको पुँजी परिचालनको अवस्था देखाउने सूचककको रुपमा रहेको आरओई १५ प्रतिशतभन्दा माथि हुनु सकारात्मक हो । तर, चालु आवको पहिलो त्रैमासमा १६ बैङ्कको आरओई १५ भन्दा तल रहेको छ । आरओईको औसत मापदण्डदेखि माथि रहनेमा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, एभरेष्ट बैङ्क, एनएमबी बैङ्क, हिमालयन बैङ्क, नेपाल एसबिआई बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, ग्लोबल आईएमई, प्राइम र सानिमा बैङ्क छन् ।
धेरै वाणिज्य बैङ्कको रिटर्न अन इक्विटी घटेको दाहालले बताए । ‘लगानी बढ्न नसकेपछि नाफामा आएको कमी असर रिटर्न अन इक्विटीमा देखिएको हो,’ चालू आवको पहिलो त्रैमासमा बैङ्कहरुको कर्जा प्रवाह वृद्धिदर २१ प्रतिशत मात्र रहेको हुनाले पनि आरोइ घटेको हो । पुँजी धेरै बढाएको भए पनि नाफा वृद्धिदरमा उच्च गिरावट आएपछि घटेको आरओई तत्काल बढ्ने सम्भावना नरहेको दाहालले उनको भनाइ छ । यो ६ महिनामा क्यापिटल एडिक्वेसी रेसियो पनि औसत १४.६१ पुग्नु भनेको पुँजी आइडीअल हुनु हो ।
गत असारको तुलनामा चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नेपाल बैङ्क र एनसीसी बैङ्कको आरओइ घटेको छ । दुबै बैङ्कको आरओइ करिब १६ प्रतिशतले घटेको । सो अवधीमा सबैभन्दा धेरै आरओइ भएको बै.कमा राष्ट्रिय बाणिज्य बैङ्क रहेको छ ।
सेयरमा लगानी गर्ने लगानीकर्ताले पनि बैङ्कको रिटर्न अन इक्विटीलाइ हेरेर लगानी गर्ने गर्छन । कुनै पनि कम्पनीको रिटर्न अन इक्विटी १५ प्रतिशत छ भने त्यो कम्पनीको सेयरका लागि लगानीकर्ता नेटवर्थको २ गुणासम्म लगानी गरेर सेयर ,खरिद गर्दा समेत प्रतिफल आउने विश्लेषण गर्न सकिन्छ ।
आरओइको आधारमा सेयरमा लगानी गर्ने लगानीकर्ताको लागि १६ बैङ्कको सेयरमा जोखिम देखिएको छ । तर, दोस्रो त्रैमासको विवरण अनुसार १२ बाणिज्य बैङ्कको सेयरमा लगानी गर्दा जोखिम कम हुने देखिए पनि गत आवको तुलनामा घटेको छ ।