राष्ट्रबैंकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै

बैंकले एक सूचना जारी गरी सोमबार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गरी सोमबार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको दुई अर्ब २६ करोड रुपैयाँ र ३६४ दिने पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस