ग्लोबल आईएमई बैंङ्कले प्राप्ति गर्ने भएपछि हकप्रद निष्कासन रद्द हुन लागेको हो । गत साता फाइनान्सलाई ग्लोबल आईएमईले प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
काठमाडौं । हाथवे फाइनान्स कम्पनी लिमिटेडको ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन रद्द् गर्ने भएको छ । ग्लोबल आईएमई बैङ्कले प्राप्ति गर्ने भएपछि हकप्रद निष्कासन रद्द हुन लागेको हो । गत साता फाइनान्सलाई ग्लोबल आईएमईले प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
फाइनान्सको आगामी चैत २६ गते बस्ने २२ औं वार्षिक साधारणसभाले १८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावलाई रद्द गर्ने भएको छ । यसअघि फाइनान्सले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो । कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँ पुगेको छ ।